चलचित्र ‘लभ डायरिज’को टिजर सार्वजनिक भएको छ । सौरभ चौधरी निर्देशित चलचित्रको टिजरमा मुख्य कलाकार सुशील श्रेष्ठ र रुबिना थापाको प्रेम देखाइएको छ । फागुन २ गते रिलिज हुने चलचित्रको ट्रेलरमा दुई बिचको प्रेम, रोमान्स र बिछोडलाई समावेश गरिएको छ । भने यी दुईले मात्र स्थान पाएका छन् । चलचित्रमा सुशील र रुबिनाको अलावा विश्व जित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । सौरभ चौधरीको निर्देशन रहेको चलचित्रमा शाहील खान सह-निर्देशकको रूपमा रहेका छन् । विनोद सापकोटा निर्माताको रूपमा रहेको चलचित्रमा सरोज तुलाधर सह-निर्माताको रूपमा रहेका छन् ।