नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको विवाह हुने भनिएको पनि लामो समय  भैसकेको छ । दुईले विवाहको लागी टिका टाला गरेको पनि दुई वर्ष नाघिसक्यो । कार्कीको विवाह मिति अझै टुङ्गो लागेको छैन । एक पछि अर्को गर्दै तोकिएको विवाह मिति सार्दै आएका छन् । दुईका शुभचिन्तकले उनीहरू को विवाहको विषयलाई चासोको रूपमा हेरेका छन् । यसै बिच प्रियंकाले आफ्नो सामाजिक सञ्जालमा ब्याचलर पार्टी मनाउने बारे पोस्ट गरेकी छिन् ।

उनले उनी ब्याचलर पार्टी मनाउन आफ्ना निकटका केही साथीका साथ थाइल्यान्ड जान लागेकी हुन् । उनी शाहाना बज्राचार्य, डिजाइनर सिवाङ्गीका लगायतसँग बुधवार थाइल्यान्ड तर्फ लागेकी छिन् । आफ्नो र परिवारको ग्रह कमजोर भएको कारण उचित लगन जुराएर मात्र विवाह गर्ने योजना बनाएका उनीहरू को विवाह मिति नजिकिएको अनुमान लगाउन सकिन्छ ।