यही माघ २४ गते प्रतीक्षित चलचित्र ‘साङ्लो’ प्रदर्शनमा आउँदै छ । यति बेला नायक विराज भट्ट आफूले निर्देशन गरेको पहिलो चलचित्रलाई उत्कृष्ट बनाउन लागिपरेका छन् । चलचित्रमा उनीसँगै डेब्यू नायिका पूर्व मिस नेपाल निकिता चण्डक पनि लागी परेकी छिन् । उनको यो डेब्यु चलचित्र हो । यस अघि सार्वजनिक ट्रेलर र गीतलाई दर्शकले मन पराए पछि विराजले चलचित्रको नयाँ गीत छायाङ्कन गरिरहेका छन् । सुरेश अधिकारीको सङ्गीतमा तयार गीतमा विराज र डेब्यु अभिनेत्री निकिता चण्डक देखिने छन् । गीतमा दुवै जना मोर्डन अवतारमा प्रस्तुत हुनेछन् । अन्जु पन्त र निशान भट्टराईले आवाज दिएको गीतमा रामजी लामिछानेले कोरियोग्राफी रहने छ ।

डान्सिङ नम्बरको यस गीतको केही दिनमा छायाङ्कन सकाएर गीत छिट्टै नै सार्वजनिक गरिनेछ । एक्सन लभ स्टोरी जनराको 'साङ्लो'मा विराज र निकिताको अलावा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, लय सङ्ग्रौला लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई मानकृष्ण महर्जनले खिचेका हुन् । यसै गरी चलचित्रमा अर्जुन जिसीको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व रहेको छ भने चलचित्रको कथा शिवम अधिकारीले लेखेका हुन् ।