चलचित्र निर्माता तथा हल व्यवसायी सुमित मैनालीले नयाँ ब्युक्टी सैलुन संचालनमा ल्याएका छन् । दरबारमार्ग स्थित शेर्पा मलमा रहेको ‘लुक्स युनिसेक्स सैलुन’को बिहिबार अपौचारिक उद्घाटन गरिएको छ । रिबन काट्दै सैलुनको उद्घाटन अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला, नायिकाद्धय पूजा शर्मा र बर्षा राउत, नायक आकाश श्रेष्ठले गरेका थिए ।
त्यस्तै निर्मल शर्मा, नायक गौरव पहारी, विल्सन बिक्रम राई लायगतका कलाकारको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा मिडियासँग अन्तरक्रिया गर्दै संचालक सुमित मैनाली भन्छन् ‘ मानिसहरु खान, लगाउनलाई जतिनै खर्च गरिरहेका हुन्छन् तर सुन्दर देखिनको निम्ती अनुहार र कपाललाई खासै ध्यान दिइएको पाइदैन । बदलिदो फेसन सँगै अनुहार र कपाललाई ध्यान दिन लुक्सले सहयोग गर्नेछ । ’