बेलाबेखत आफ्नै अभिव्यतीको कारण गायिका आस्था राउत विवादमा मुसिरहेकी हुन्छिन् । फेरी एकपटक गायिका राउत विवादमा तानिएकी छिन् । उनले आफुलाई प्रहरीले ‘तँ’ भनेको भन्दै आक्रोशपुर्ण भिडियो सामाजिक सञ्जालमा राखेसँगै विवादमा तानिएकी हुन् । यतिबेला सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भएको छ । उक्त भिडियोमा आस्थाले विमानस्थलमा चेडिङ गर्नेक्रममा एक महिलाले प्रहरीले ‘तँ’ भन्दै दुव्र्यवहार गरेको भन्दै अपशब्द समेत बोलेकी छिन् ।
उनले प्रहरीको जरा नै कुहिएको छ भन्दै डिएसपी, आइजिपी हजुर आइवक्स्योस् गर्ने । अनि तलका प्युसो, डन्ठे, सिपाही, हल्दारले चै तँ भन्ने अरुलाई । यो नेपाल प्रहरीको जरामा नै गन्ध छ । माथि टुप्पाबाट दर्शन, यत्रो.. दर्शन । कस्तो दर्शन हो यो । मलजल गर । जरा नै कुहिएको छ भनेर आक्रोश पोखेकी थिइन् । आफुलाई हजुर नगरेपनि ‘तँ’ भनेको नसहने उनले बताइन् । आस्थाको भाइरल भिडियोमाथी प्रहरीले भने अनुसन्धान सुरु गरेको छ । उक्त भिडियोमाथी अनुसन्धान गर्न प्रहरी प्रधान कार्यलय नक्सालले छानविन गर्न निर्देशन दिएको छ ।