काठमाडौँ, २९ असार । प्रदर्शनको तयारी गरिरहेको चलचित्र ‘कमलेको बिहे’को हङकङमा प्रिमियर सम्पन्न गरिएको छ । सात सय जनाको सहभागीमा गरिएको प्रिमियरमा सबैबाट राम्रो प्रतिक्रिया आएको निर्माण पक्षले बताएको छ ।

प्रसन्न पौड्यालको निर्देशनमा तयार भएको चलचित्रको भने नेपालको लागी प्रदर्शन मिति तय गरिएको छैन । चलचित्र हेरिसके पछि हङकङबासीले निर्देशकिय पाटोका साथै नायक अनुप विक्रम शाही र नायिका सन्ध्या केसीको कामलाई प्रशंसा मिलेको बताइएको छ ।

चलचित्र हङकङपछि युके, अमेरिका तथा युरोपका विभिन्न सहरमा विशेष प्रदर्शनी हुने निर्माण टिमले बताएको छ । चलचित्र ‘कमलेको बिहे’मा अनुप र सन्ध्यासँगै विनोद न्यौपाने, इशान ढकाल, विशाल पहाडी, रेशु तामाङ, कुलद्विप अधिकारी र किरण लाकौलको अभिनय रहेको छ । 
सरिता मुभिज क्रियशनको व्यानरमा बनेको फिल्ममा कार्यकारी निर्मातामा दीपक विष्ट ‘गौली’ रहँदा लगानीमा साझेदारी प्रतीक तामाङ, सुनिल विष्टले गरेका छन् ।