नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको विवाह हुने भनिएको पनि लामो समय  भैसकेको छ । दुईले विवाहको लागी टिका टाला गरेको पनि दुई वर्ष नाघिसक्यो । यति बेला विवाह हुने निश्चित भएपछि उनी ब्याचलर पार्टी थाइल्यान्डमा छिन् । आफ्ना केही निकट साथीहरूसँग ‘ब्याचलर पार्टी’ मनाउन बुधवार थाइल्यान्ड उडेकी उनी यति बेला सबैतिर छाइरहेकी छिन् । प्रियंकाले इन्स्टाग्राम स्टोरीमा साथीहरूसँग थाइल्यान्डको समुन्द्री तटमा रमाइरहेको तस्बिरहरू पोस्ट गरिरहेकी छिन् । तस्बिरमा उनी साथीहरूसँग मस्ती मुडमा देखिएकी छन् ।

थाइल्यान्डमा प्रियंकाको 'ब्याचलर मुड' थाइल्यान्डमा प्रियंकाको 'ब्याचलर मुड' थाइल्यान्डमा प्रियंकाको 'ब्याचलर मुड' थाइल्यान्डमा प्रियंकाको 'ब्याचलर मुड' थाइल्यान्डमा प्रियंकाको 'ब्याचलर मुड' थाइल्यान्डमा प्रियंकाको 'ब्याचलर मुड'

प्रियंकाले क्रुजमा खिचेको एक तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । तस्बिरमा उनी रातो बिकिनीमा देखिएकी छन् । उनका साथीहरू पनि बोल्ड अवतारमा देखिएका छन् । सहाना बज्राचार्य, सिवांगी प्रधानलगायतले प्रियंकाका लागि आयोजना गरेको ‘ब्याचलर पार्टी’ सहभागी छन् । प्रियंकाले यस ग्रुपलाई आफ्नो परिवार भनेकी छिन् । प्रियंका र नायक आयुष्मानले यसै वर्षको फागुनमा बिहे गर्ने सम्भावना रहेको छ ।