गायिका आस्था राउत विवादमा मुसिइरहेकी हुन्छिन् । समय समयमा अभिव्यक्तिका कारण विवादमा पर्दै आएकी उनी फेरी एक पटक विवादमा तानिएकी छिन् । उनले आफूलाई एयरपोर्टमा प्रहरीले ‘तँ’ भनेको भन्दै आक्रोशपूर्ण भिडियो सामाजिक सञ्जालमा राखेसँगै विवादमा तानिएकी हुन् । यसैबिच प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा दर्ता गरिएकोको छ । सुरक्षा चेक जाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको अभियोगमा महानगरीय परिसर काठमाडौँले आइतबार मुद्दा दर्ता गरेको हो । आस्था विरुद्ध पक्राउ पुर्जी जारी गर्न माग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी उत्तम राज सुवेदीले जानकारी दिएका छन् ।
काठमाडौँ जिल्ला प्रमुखले आदेश दिएमा राउतलाई उपस्थित हुन पत्र काटिनेछ । प्रहरीलाई अभद्र व्यवहार गरेको विरुद्धमा २५ दिनसम्म थुनामा थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल सजाय दिइन सक्ने व्यवस्था छ । झापाको भद्रपुर जाने बेला त्रिभुवन विमानस्थलमा चेक जाँचका क्रममा प्रहरीले आफूलाई दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ । उनले बुधवार नै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । उनको भिडियो सार्वजनिक भए सँगै बढेको आलोचनाका कारण उनले सार्वजनिक रूपमा माफी माग्दै भिडियो डिलिट गरिसकेकी छिन् ।