पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आरोपित सञ्चार कर्मी रवि लामिछानेले सफाइ पाएका छन् । पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले रवि लामिछानेलाई निर्दोष ठहर गरेको हो । आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेका साथै युवराज कँडेल र अस्मिता कार्कीले पनि अदालतबाट सफाइ पाएको स्रेस्तेदार रुद्रमणि गिरीले पुष्टि गरेका छन् । न्यायाधीश हेमन्त रावलको इजलासले उनीहरूलाई सफाइ दिएको चितवन जिल्ला अदालतले जनाएको छ । यसअघि नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा लामिछानेले पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भ नि मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा प्रतिवेदन प्रस्तुत गरेपछि सो मुद्दा दर्ता भएको थियो । गत साउन २० गते चितवनको एउटा होटेलको कोठामा पुडासैनीको शरीर झुन्डिएको अवस्थामा भेटिएको थियो ।