पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आरोपित सञ्चार कर्मी रवि लामिछानेले सफाइ पाएका छन् । पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले रवि लामिछानेलाई निर्दोष ठहर गरेको हो । निर्दोष साबित भएपछि सञ्चार कर्मी लामिछानेलाई धेरैले बधाई दिएका छन् । न्यायको जीत भएको भन्दै लामिछानेले पनि खुसी व्यक्त गरेका छन् । यसै क्रममा चर्चित हास्य कलाकार हरिवंश आचार्यले पनि लामिछानेलाई बधाई दिएका छन् । उनले आफ्नो फेसबुकमा रवि, मदन र आफू रहेको तस्बिर शेयर गर्दै भनेका छन् - न्यायको जीत भएको छ... बधाई छ रवि भाइ । उनलाई सामाजिक सञ्जालमा उनलाई बधाईको ओइरो लागेको छ ।