आज (शुक्रबार)बाट दुई नेपाली चलचित्र एकसाथ प्रर्दशनमा आउंदैछन् 'म यस्तो गीत गाउँछु' र 'सायद २' । यी दुई सम्भावना बोकेका चलचित्रहरु एक साथ प्रर्दशनमा आउँदा सबैको ध्यान केन्द्रित भएको छ । दुवै चलचित्रलाई नेपाली चलचित्रवृतमा आफुलाई स्थापित गराईसकेका निर्देशक / निर्माताले बनाएका हुन् । त्यसैले पनि यी दुई चलचित्र एकसाथ प्रर्दशन हुँदा कहिँ न कहिँ दुवैलाई नोक्सानी भने पक्कै छ ।

चलचित्र 'म यस्तो गीत गाउँछु'लाई सफल निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् भने मुख्य भूमिकामा पल शाह, पूजा शर्मा रहेका छन् । चलचित्रमा निर्देशक र नायिका दुवैको लगानी रहेको छ ।

 

 

यता 'सयाद २'को बारेमा कुरा गर्दा सफल चलचित्रको सिक्वेल भएको कारण यो चलचित्र प्रतिक्षित रहेको छ । पुष्पराज न्यौपानेको लेखन तथा निर्देशन रहेको चलचित्रमा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनिल रावल लगायतका कलाकारको अभिनय रहेको छ ।