गायिका नेहा कक्कडसँग गायक उदित नारायणका छोरा आदित्य नारायणको विवाहको बारेमा बलिउडमा चर्चा चलिरहेको छ । 'इन्डियन आइडल'को स्टेजमा नेहा र आदित्यको परिवारले यी दुईको बिहे फेब्रुअरी १४ मा गरिदिने बताएका थिए । त्यस पछि उनीहरूको विवाहको बारेमा छ र्चा चलन थालेको हो । गायक उदित नारायणले पनि 'कुनै गायिका मेरो घरको बुहारी बन्छ भने म त्यसमा खुसी हुन्छु' भनेका छन् । भारतीय मिडियामा यी दुईको विवाहको हल्ला चलिरहँदा उदितले नेहा एकदमै राम्री केटी भएको र उनले गीत पनि निकै राम्रो गाउने र आफूलाई पनि उनी निकै रामो लाग्ने बताएका छन् । उनी थप्छन्, 'म मात्रै होइन उनलाई सबैले माया गर्छन् । उनले आफ्नो लागि इन्डस्ट्रीमा स्थान बनाएकी छिन् । म अक्सर उनको गीत सुन्छु' । गायन रियालिटी सो 'इन्डियन आइडल'मा नेहा जजको रूपमा काम गर्छिन् भने आदित्य कार्यक्रम प्रस्तोताको रूपमा । सो मा यी दुईको केमेस्ट्री पनि निकै रुचाइन्छ ।