काठमाडौँको दरबारमार्ग स्थित शेर्पा मलमा ‘लुक्स यूनिसेक्स सैलुन’ को उद्घाटनमा पछिल्लो समयका निकै चर्चित र दर्शकले मन पराएका अन स्क्रिन कपाल पूजा शर्मा र आकाश श्रेष्ठ पनि पुगेका थिए । चलचित्र निर्माता तथा हल व्यवसायी सुमित मैनालीले सञ्चालनमा ल्याएको सैलुन उद्घाटनमा अभिनेत्री वर्षा राउत र अभिनेत्री निर्माता निर्देशक दीपाश्री निरौला पनि सहभागी थिए । लामो समय पछि एक साथ देखिएका पूजा र आकाशको जोडी निकै खुसी देखिन्थे । निकै रमाइलो मुडमा देखिएका यी दुई चलचित्र 'सम्झना बिर्सना'को छायाङ्कन सकेर फर्केका छन् । लामो सेड्युलको सिलिगुडीमा छायाङ्कन सकेर फर्किएका हुन् । पछिल्लो समय आकाशसँग नजिकिएकी पूजाले अभिनेता पल शाहसँग रोमान्स गरेको चलचित्र 'म यस्तो गीत गाउँछु' यति बेला चर्चामा छ । यस चलचित्रको दुई गीत सार्वजनिक भैसकेको छ जसलाई दर्शकले निकै मन पराइरहेका छन् । यसै बारे बोल्दै पूजा भन्छिन्, 'दर्शकले दिएको यो माया नै ठुलो सफलता हो' यसै गरी पछिल्लो समय आफूले एक पछि अर्को चलचित्रमा स्क्रिन सेयर गरेकी पूजाको काम देखेर निकै खुसी भएको र उत्तिकै उत्साहित पनि भएको आकाशले बताएका छन् । अकाशलाई आफूले लामो समय सँगै काम गरेको मान्छेले काम गरेको ठाउँमा म पनि भइदिए हुन्थ्यो जस्तो लाग्दैन ? भन्ने प्रश्नमा उनले राम्रो टिम अनि राम्रो काममा आफू पनि भइदिए हुने भन्ने लोभ सबै कलाकारलाई हुन्छ तर त्यो ठाउँमा राम्रो काम गर्ने मान्छे हुँदा खुसी पनि लाग्ने उनले सुनाए ।

यसै क्रममा बजारमा पूजा र अन्यको एक्टर्ससँगको सम्बन्ध राम्रो नभएको चर्चाको बारेमा बोल्दै पूजाले आफ्नो र पलको सम्बन्धको बारेमा केही खोलेका छन् । उनले पल र आफ्नो चलचित्रको काम सकेपछि आ-आफ्नो काममा व्यस्त भएको र भेटघाट लगायत सम्बन्ध पातलिएको तर व्यक्तिगत सम्बन्ध नबिग्रिएको बताएकी छिन् । उनले आफू कलाकार भएको र एउटा कलाकारले परिस्थितिलाई सहजै स्विकार्नु पर्ने बताउँछिन् । बिहेको कुरा गर्दा पूजाले आफूलाई कहिल्यै बिहे गरिहालौँ जस्तो नहुने बताएकी छिन् । साथमा पूजालाई आकाशको लागी विवाह गर्न योग्य केटी खोज्नु पर्‍यो भने कस्तो खोज्नु हुन्छ ? भन्ने प्रश्नमा उनले धेरै ख्याल गर्ने तथा म:म र मासु कम खान दिने केटी खोज्छु भनि ठट्यौली जवाफ दिइन् । यसै गरी आकाशले पनि पूजाको लागी निकै माया गर्ने कम बोल्ने र हरेक पल ख्याल गर्ने केटा खोज्छु भने । उनले हाँस्दै भने 'म जस्तै'! एक अर्काको निकै मिल्ने साथी भएको बताउने यो जोडीलाई दर्शकले रियल लाइफ जोडीको रूपमा लिने गर्छन् जसले उनीहरूलाई फरक पनि पारेको जस्तो देखिँदैन । निमेष प्रधानले निर्देशन गरेको ‘सम्झना बिर्सना’ मा पूजा र आकाशसँगै छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेललगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ ।