यही माघ २४ गते प्रतीक्षित चलचित्र ‘साङ्लो’ प्रदर्शनमा आउँदै छ । चलचित्रलाई विराज भट्टले निर्देशन गरेका छन् । चलचित्रमा विराज नै निकिताको जोडीको रूपमा प्रस्तुत भएका छन् । यति बेला नायक विराज भट्ट आफूले निर्देशन गरेको पहिलो चलचित्रलाई उत्कृष्ट बनाउन लागिपरेका छन् । चलचित्रमा उनीसँगै डेब्यू नायिका पूर्व मिस नेपाल निकिता चण्डक पनि लागी परेकी छिन् ।

‘साङ्लो’को गीतमा निकिताको हट अवतार ‘साङ्लो’को गीतमा निकिताको हट अवतार

उनको यो डेब्यु चलचित्र हो । यस अघि सार्वजनिक ट्रेलर र गीतलाई दर्शकले मन पराए पछि विराजले चलचित्रको नयाँ गीत छायाङ्कन गरिरहेका छन् । यसै बिच निर्माण टिमले निकिताको केही तस्बिर सार्वजनिक गरेको छ जसमा उनी निकै हट अवतारमा प्रस्तुत भएकी छिन् । सुरेश अधिकारीको सङ्गीतमा तयार गीतमा विराज र डेब्यु अभिनेत्री निकिता चण्डक देखिने छन् ।

‘साङ्लो’को गीतमा निकिताको हट अवतार ‘साङ्लो’को गीतमा निकिताको हट अवतार

गीतमा दुवै जना मोर्डन अवतारमा प्रस्तुत हुनेछन् । अन्जु पन्त र निशान भट्टराईले आवाज दिएको गीतमा रामजी लामिछानेले कोरियोग्राफी रहने छ । चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारीलगायतका कलाकारको  अभिनय रहेको छ।