चितवनको भरतपुरमा रहेको सिजि लेण्डमार्कमा केटिएम सिटि तथा अन्टाको शोरुमको उद्घाटन नायिका पूजा शर्माले गरेकी छिन् । शोरुमको उद्घाटन गर्न नायिका पूजा शर्मा चितवन पुगेकी उनले  निकै कम खर्चमा आफ्नै देशमा उत्पादित स्वदेशी ब्रान्ड रोज्न पाउनु गौरवको कुरा भएको बताइन् । चितवन आउन जुर्ने हरेक अवसरले आफूलाई आनन्दित तुल्याउने गरेको तथा आफूलाई जस्तै स्वदेशमै उत्पादित यो ब्रान्डलाई पनि माया गरिदिन नायिका शर्माले कार्यक्रममा उपस्थित दर्शकहरूलाई अपिल गरिन । उद्घाटन कार्यक्रममा चर्चित गायक रामचन्द्र काफ्लेले साङ्गीतिक प्रस्तुति पनि दिएका थिए । उनलाई गायिका जुनु रिजालले साथ दिइन् । यस्तै, हाँस्य कलाकार पल्पसा डङ्गोलको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो ।