रजनीकान्त अभिनीत फिल्म ‘दरबार’ प्रदर्शन भइरहेको छ । साउथ सुपरस्टार रजनीकान्तको मुख्य भूमिका रहेको यस चलचित्रले सुरु देखी नै निकै राम्रो व्यापार गरिरहेको छ । यसले बक्स अफिसमा दुई सय करोड भारुको आँकडा पार गरेको छ । रिलिजको ११ दिनमा चलचित्रले यो सफलता हात पारेको हो । दुई सय करोड भारुको आँकडा पार गर्ने रजनीकान्तको यो पाँचौँ चलचित्र हो । यसअघि ‘रोबर्ट’, ‘कबाली’, ‘२ .०’ तथा ‘पेटा’ले यो आँकडा पार गरेका थिए । ए आर मुर्गादोस निर्देशन गरेको चलचित्रले तमिलनाडुबाट मात्रै ८० करोड भारु कमाइ गरेको बताइएको छ । प्रहरीको भूमिकामा देखिएका रजनीकान्तको ‘दरबार’मा धमाकेदार एक्सन देख्न सकिन्छ । यसमा रजनीकान्तका साथमा नयनतारा, प्रतीक बब्बर, सुनिल सेट्टी लगायतका कलाकारको अभिनय रहेको छ ।