बलिउड चलचित्र 'झुंड' को टिजर सार्वजनिक भएको छ । अभिनेता अमिताभ बच्चनको मुख्य भूमिका रहेको झुंड को टिजर मङ्गलवार सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा अमिताभको आवाज सुन्न सकिन्छ भने हातमा घरेलु हतियार लिएर कतै गइरहेका केही मान्छेको समूह देखाइएको छ । नागराज निर्देशित चलचित्रमा उनकै कथा, डाइलग र स्क्रिन प्ले रहेको छ ।  यही वर्षाको मे ८ बाट प्रदर्शनमा आउने चलचित्रमा अमिताभ एक रिटायर्ड स्पोर्ट प्रोफेसरको भूमिकामा छन् जो झोपड़पट्टीका बच्चालाई फुटबल सिकाउँछन् । चलचित्रलाई मराठी निर्देशक नागराजले निर्देशन गरेका छन् । उनको यो बलिउडमा डेब्यु निर्देशन हो । यसलाई भूषण कुमार, कृष्ण कुमार, राज हिरमथ, सविता राज हिरमथ, नागराज मंजुले, गार्गी कुलकर्णी र मीनू अरोराले निर्माण गर्दै छन् । चलचित्रको रिलिज मिति भने सार्वजनिक गरिएको छैन । चलचित्र विजय बरसेको जीवनमा आधारित रहेको छ भने अमिताभका साथमा रिंकू राजगुरू, आकाश ठोसरको पनि मुख्य भूमिका रहेको छ ।