अभिनेता भुवन केसीको निर्माणमा बन्ने चलचित्र ‘एन्टी हिरो’ मा जसिता गुरुङको इन्ट्री भएको छ । चलचित्रमा नायक अनमोल केसीको जोडी जसिता गुरुङसँग बाँधिने भएको हो । बुधवार निर्माण पक्ष र जसिता बिच औपचारिक सम्झौता भएको हो । चलचित्र ‘लिलीबिली’ र ‘लभ स्टेसन’ मा प्रदीप खड्कासँग जोडी बाँधिएकी जसिता र अनमोलको जोडी 'एन्टी हिरो'मा देख्न पाइनेछ । निर्माता केसी केही समय यता चलचित्रका लागि अभिनेत्रीको खोजीमा थिए । केही समय पहिले नै जसिता र 'एन्टी हिरो' टिमको सहकार्य बारे खबर बाहिरिएको थियो तर आधिकारिक रूपमा यस बारे केही खबर बाहिरिएको थिएन । चलचित्रमा भुवनको पनि अभिनय रहनेछ । उनी नेगेटिभ रोलमा देखिँदै छन् । बाबु भुवन र छोरा अनमोलले पहिलो पल्ट एकसाथ फिल्ममा अभिनय गर्न लागेका हुन् । चलचित्र एक्सन-लभ स्टोरी जनरामा निर्माण हुने छ भने तिहारपछि फ्लोरमा जानेछ । चलचित्रको यति बेला स्क्रिप्टको काम भइरहेको छ । अन्य टिम र कलाकार तथा निर्देशक भने अझै फाइनल भैसकेका छैनन् । चलचित्र २०७७ सालको दसैँमा रिलिज हुने बताइएको छ ।