आगामी चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत ३’ को छायाङ्कन सकेर केही कलाकार राजधानी फर्किसकेका छन् । एक महिना बढी मनाङमा छायाङ्कन गरेको चलचित्रको लागी केही दिन अघि केही कलाकारहरूलाई निर्माता सन्तोष सेनले हेलिकप्टर मार्फत सुटिङ सेट सम्म पुर्‍याएका थिए । भने शुटिंग सकिएका कलाकारहरूलाई त्यही हेलिकप्टर मार्फत काठमाडौँ पुर्‍याएका थिए । छायाङ्कन सकेर फर्किनेमा अभिनेता सुनिल थापा (राते काइँला) पनि हुन् । उनी फर्किएपछि आफ्नै कार्यक्रम व्यस्त भएका उनले आफ्नो अभिनय यात्रा अनि आफ्नो दैनिकीको बारेमा कुरा गरेका छन् ।

उनले आफ्नो विगत र अहिलेको चलचित्रको बजार र दर्शकले चलचित्र इन्डस्ट्रीलाई लिएर बनाउने सोचको बारेमा आफ्नो धारणा राखेका छन् । उनले आफ्नो करियरमा बलिउड यात्राको बारेमा र आफूले पार गरेका बाटोहरूका बारेमा भलाकुसारी गरेका छन् । कुराकानीको क्रममा उनले भर्खर सुटिङ सक्काएर फर्किएका चलचित्र 'प्रेम गीत ३' को बारेमा अनुभव सुनाए । उनले आफू मनाङमा छायाङ्कनको लागी रहँदा केही वजन समेत घटेको बताएका छन् । यसै गरी उनले फेब्रुअरीकोको तेस्रो साता देखी सलमान खानको निर्माणमा बन्ने चलचित्रको लागी बलिउड जाँदै छन् । उनले आफ्नो परिवार र छोराको बारेमा सम्झँदै आफू एउटा पारिवारिक मान्छे भएको  र आफ्नो लागी परिवार निकै ठुलो भएको बताएका छन् ।