आगामी चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत ३’ को छायाङ्कन सम्पन्न भएको छ । ७० दिन लगाएर चलचित्रको सम्पूर्ण छायाङ्कनको काम सम्पन्न गरिएको हो । कीर्तिपुरमा तयार गरिएको भव्य सेट र मनाङमा गरी खिचिएको चलचित्रको प्याक अप भएको निर्माता निर्देशक सन्तोष सेनले जानकारी दिएका हुन् । मङ्गलवार छायाङ्कन सकिएपछि बुधवार चलचित्रको जम्बो टोली काठमाडौँ आइपुगेको छ ।

७० दिनको सुटिङ पछी फर्कियो ‘प्रेम गीत ३’ टिम ७० दिनको सुटिङ पछी फर्कियो ‘प्रेम गीत ३’ टिम ७० दिनको सुटिङ पछी फर्कियो ‘प्रेम गीत ३’ टिम ७० दिनको सुटिङ पछी फर्कियो ‘प्रेम गीत ३’ टिम

यद्यपि चलचित्रको एक प्रोमोसनल गीत भने खिच्न बाँकी रहेको निर्माता सेनले बताएका छन् । चलचित्रको मनाङमा छायाङ्कन हुँदै गर्दा यता सम्पादनको काम पनि चलिरहेको थियो त्यसैले कलर करेक्सन, ब्याक ग्राउन्ड स्कोर र डबिङको काम सकेर टिम प्रचार प्रसारमा निस्किने बताइएको छ । चलचित्रमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, अनुभव रेग्मी, संवृद्धि शाही ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।

७० दिनको सुटिङ पछी फर्कियो ‘प्रेम गीत ३’ टिम ७० दिनको सुटिङ पछी फर्कियो ‘प्रेम गीत ३’ टिम ७० दिनको सुटिङ पछी फर्कियो ‘प्रेम गीत ३’ टिम ७० दिनको सुटिङ पछी फर्कियो ‘प्रेम गीत ३’ टिम

आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति यस चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको सङ्गीत रहेको छ भने राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।  भूपेन्द्र अधिकारीले सम्पादनको काम सम्हालिरहेको 'प्रेमगीत ३' श्वसतिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘चपली हाइट ३’ सँग प्रतिस्पर्धामा उत्रने छ ।