सौगात मल्ल र बिपिन कार्की स्टारर चलचित्र ‘लालपुर्जा’ युट्युबमा सार्वजनिक भएको छ । निगम श्रेष्ठ निर्देशित चलचित्र बिहीबार बुढासुब्बा मुभिजको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो । चलचित्रमा सौगात मल्ल र बिपिन कार्कीका अलावा हरिहर शर्मा, मिरुना मगर, मेनुका प्रधान, कामेश्वर चौरसिया, कमलमणि नेपाल, अनिल पाण्डे लगायतको अभिनय रहेको छ । चलचित्रले दाजुभाइ बिच हुने अंशबन्डाको कथा उठाएको छ । नरेन्द्र मैनालीको छायाङ्कन रहेको यस चलचित्रलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । चलचित्रका निर्माता विक्रम सिंह थारु र उमेश श्रेष्ठ हुन् ।