काठमाडाैँ ३० असार । नेपाली सिनेमा नगरीमा पछिल्लो समय निर्मात्री बन्ने नायिकाको सङ्रख्या बढ्दो छ । त्यसै भित्र पर्छिन् नायिका ऋचा शर्मा, उनले टलकजंग भर्सेस टुल्के, उमा जस्ता चलचित्रमा काम गरेर वाहवाही बटुलीसकेकी छिन् । तर पछिल्लो समय ऋचा अभिनित चलचित्रहरू भने व्यवसायिक रूपमा सफल हुन सकिरहेका छैनन् ।

गत बर्ष प्रदर्शनमा आएको ‘लुट २’मा व्यवसायिक हिसावले सफल भए पनि ऋचाको अभिनयलाई  भने कसैले नोटिस गर्ने पाएन् । ‘लुट २’ पछिको खाली समय उनले चलचित्र ‘आधा लभ’ निर्माण गर्ने लगाइन् । चलचित्र ‘आधा लभ’ जेठमा प्रदर्शन भयो तर हल सम्म भने चलचित्रले आधा मान्छे पनि तान्न सकेन । अर्पण थापाको निर्देशनमा तयार भएको ‘आधा लभ’ हलमा लामो समयसम्म टिक्न सकेन ।  यतिबेला उनी आधा लभको प्रदर्शन विदेशमा गरेर लगानी सुरक्षित गर्ने प्रयास गरिहेकी छिन् ।

यता नायिका छुल्ठिम गुरुङले निर्माण गरेको चलचित्र ‘डायरी’ जेठ ५ गते प्रदर्शनमा आयो । तर डायरीले हलमा कुनै कमाल गर्न सकेन । त्यस्तै नायिका पूजा शर्मा पहिलो पल्ट निर्मात्री बनेर चलचित्र ‘म यस्तो गीत गाउँछु’ निर्माण गरेकी छिन् । जुन यहि शुक्रबारबाट हलमा प्रदर्शन भइरहेको छ । य

सै बर्षको कात्तिकमा अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको चलचित्र ‘रुद्रप्रिया’ प्रदर्शनमा आउदै छ भने अभिनेत्री स्वेता खड्का पनि आफ्नो लगानीमा ‘कान्छी’ निर्माण गर्न लागी परेकी छिन् । नयाँ नायिकाहरुको सिनेमा क्षेत्रमा आगमन बढ्दो छ भने अनुभवी नायिकाहरु चलचित्र निर्माण र निर्देशन तिर व्यस्त छन् । नायिकाहरुले चलचित्र निर्माण गरेका चलचित्रहरु कतिको सफल हुन्छन् त्यो भने भविष्यमा नै थाहा हुने छ ।