मण्डला थिएटर अनामनगरमा नाटक 'झिम्के मामा' मञ्चन भइरहेको छ । यही माघ ३ गतेबाट मञ्चन सुरु भएको नाटक  प्रदीप कुमार चौधरीको निर्देशनमा बनेको हो । नाटकले छुवाछुत र यससँग जोडिएको अन्धविश्वासले समाजमा ल्याउने समस्या र मानवतालाई समेटेको छ । दलित भएकै कारण अपमानित हुनु परेका एक युवकको कथामा नाटक तयार भएको छ । समाजमा आज पनि उत्तिकै गहिरोसँग जरा गाडेको छुवाछुतले गाउँको लागी एउटा अतुलनीय योगदान गरेका युवा उनको जातको कारण कतिसम्म अपमानित हुन्छन् र जातकै कारण सम्बन्धहरू कसरी टाढा हुन्छन् भन्ने कथा नै नाटकको मर्म हो ।

जातले एक्लो बनाएको झिम्केको कथा नाटक 'झिम्के मामा' जातले एक्लो बनाएको झिम्केको कथा नाटक 'झिम्के मामा' जातले एक्लो बनाएको झिम्केको कथा नाटक 'झिम्के मामा' जातले एक्लो बनाएको झिम्केको कथा नाटक 'झिम्के मामा'

उनै झिम्के जसले गाउँमा मन्दिर बनाउँछन्, उनकै पहलमा गाउँका हरेक घरमा पानी झारेको छ, मर्दा–पर्दा काँध थाप्ने उनै हुन्छन् तर जब उनको जात बिचमा आउँछ न उनी आफ्नै पहलमा बनेको मन्दिरमा जान सक्छन् न आफैले धारामा खसालेको पानी छुन सक्छन् । जिउँदो हुँदा मात्र होइन मरेपछि पनि उनको जातकै कारण उनको लाशले कुहिएर सड्नु पर्छ उनको लास छुने सम्म कोही हुँदैनन् ।

जातले एक्लो बनाएको झिम्केको कथा नाटक 'झिम्के मामा' जातले एक्लो बनाएको झिम्केको कथा नाटक 'झिम्के मामा' जातले एक्लो बनाएको झिम्केको कथा नाटक 'झिम्के मामा' जातले एक्लो बनाएको झिम्केको कथा नाटक 'झिम्के मामा'

नाटकमा अङ्कित खड्का, सनुप न्यौपाने, संयोग गुरागाई, सागर खाती कामी, रीता श्रेष्ठको युनिश श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ । नाटकमा कथा दुर्गा प्रसाद पाण्डेको रहेको छ भने पटकथा निर्देशक प्रदीप कै रहेको छ । नाटकको सेट एउटा सुन्दर गाउँको रूपमा रुपान्तरित गरिएको छ जसले त्यहाँ अभिनय गरिरहेका कलाकार काल्पनिक नभएर उही झिम्केको गाउँका गाउँले हुन् भन्ने आभास दिन्छ । 
 

जातले एक्लो बनाएको झिम्केको कथा नाटक 'झिम्के मामा' जातले एक्लो बनाएको झिम्केको कथा नाटक 'झिम्के मामा' जातले एक्लो बनाएको झिम्केको कथा नाटक 'झिम्के मामा'

 नाटक माघ २६ सम्म हरेक दिन सोमवार बाहेक साँझ ४:३० मा मञ्चन हुनेछ भने शनिवार अतिरिक्त सो १ बजे पनि मञ्चन हुनेछ ।