चलचित्र ‘लुट’ बाट पर्दामा एकसाथ देखिन सुरु गरेका अभिनेता दयाहाङ राई र विपिन कार्कीको डिमाण्ड धेरै छ । लुट पछि  ‘लुट २’ र ‘जात्रै जात्रा’ मा सँगै देखिएका उनीहरूका फ्यान अझै अघाएका छैनन् । दर्शकको चाहनालाई पुरा गर्दै दयाहाङ र विपिन पुनः सहकार्य गर्न लागेको खबर बाहिरिएको छ ।  सिङ्गे लामाको निर्माणमा बन्ने चलचित्र ‘के घर के डेरा’मा दयाहाङले साइन गरिसकेका छन् भने विपिनले पनि मौखिक रूपमा सहमति जनाइसकेका छन् । अबको केही हप्ता भित्र छायाङ्कन सुरु गरिने भनिएको चलचित्र सामाजिक विषय वस्तुमा नै आधारित हुनेछ ।  यस चलचित्रलाई सुव्रतराज आचार्यले निर्देशन गर्दै छन् । भने स्क्रिप्टलाई सफल केसी र प्रतीक गुरुङले संयुक्त रूपमा तयार पारेको बुझिएको छ । चलचित्रको अन्य विषयको आधिकारिक जानकारी केही दिनमा सार्वजनिक गरिने निर्देशक आचार्यले बताएका छन् । साथमा चलचित्रका अन्य कलाकारहरू र चलचित्रको बारेमा केही दिनमा जानकारी गराउने निर्माण टिमले बताएको छ ।