चलचित्र ‘ताकतवर’को ट्रेलर रिलिज भएको छ । चलचित्रमा एक समय एक्सन स्टारको रूपमा रुचाइएका अभिनेता सविन श्रेष्ठको मुख्य भूमिका रहेको छ । शनिवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा अभिनेता सविनलाई एक्सन अवतारमा देख्न सकिन्छ । ट्रेलरमा सविन र अभिनेत्री महिमा सिलवालको प्रेममा आउने उतारचढाव देख्न सकिन्छ । मा सविन र महिमाका अलावा स्वर्गीय राम केशर बोगटी, ध्रुव कोइराला, शेखर सुवेदी, रिजा भुसाललगायतका कलाकारहरूको अभिनय रहेको छ । गजेन्द्र रञ्जितको लेखन तथा निर्देशन रहेको चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन । निर्देशक रञ्जितले फिल्मका लागि उपयुक्त मिति मिलाउन वितरकसँग छलफल भइरहेको बताएका छन् । ‘ताकतवर’लाई रामेश्वर हुमागाईंले खिचेका हुन् भने मित्र डी.गुरुङको सम्पादन रहेको छ । चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, सुनिल श्रेष्ठको कथा र चन्द्र पन्तको द्वन्द्व छ । भने सुनिल विष्ट, बद्री फुयाँल र नारायण कृष्ण महर्जन सह निर्माता हुन् ।