निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्ने नयाँ चलचित्रमा दयाहाङ राई र पल शाह देखिने भएका छन् । ‘छ मा या छपक्कै’ को सफलतापछि लामाले अर्को चलचित्र बनाउन लागेका हुन् । चलचित्रका लागी दयाहाङसँग सम्झौता भइसके पनि पलसँग भने सम्झौता हुन बाँकी छ । चलचित्रमा अभिनेत्रीमा वर्षा राउतको पनि अभिनय रहने बुझिएको छ । यस चलचित्रलाई किरण नेपालीले निर्माण गर्दै छन् भने कथा निर्देशक लामाले नै तयार गरेका छन् । निर्माण पक्षले सोमबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको बारेमा जानकारी दिने तयारी गरिरहेको छ । चलचित्रको नाम ‘दुई नम्बरी’ राखिने खबर बाहिरिए पनि यसको आधिकारिक जानकारी निर्माण पक्षले केही बोलेको छैन ।