गीत सङ्गीतबाट युवा पुस्ताको मन जितेका गायक नितेशजंग कुँवर अब चलचित्रमा देखिने भएका छन् । निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्ने चलचित्रमा नितेशजंगले अभिनय गर्ने भएका हुन् । चलचित्रमा मुख्य भूमिकामा देखिन आँटेका उनले अदिति बुढाथोकीसँग रोमान्स गर्ने पक्का भएको छ । अदितिले सुरेन्द्रकै चलचित्र ‘कृ’ बाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी थिइन् । ‘कृ’ पछि भारतमै रहँदै आएकी उनी यस चलचित्रको लागी नेपाल फर्किँदै छिन् । चलचित्रको छायाङ्कन सिक्किममा हुने बताइएको छ । केही समय यता सुरेन्द्र चलचित्रको तयारीमा जुटिरहेका थिए । नितेशले आफूलाई चलचित्र खेल्ने इच्छा भएको बताएका थिए ।