बक्स अफिसमा हिट मानिएको सिरिज चलचित्र ‘नाई नभन्नु ल’को छैटौँ सिरिज पनि बन्ने भएको छ । निर्देशक तथा लेखक विकासराज आचार्यले यसको जानकारी दिएका हुन् । उनले अहिले चलचित्रको स्क्रिप्ट र सङ्गीतमा काम भइरहेको बताएका छन् । वैशाखको दोस्रो साताबाट फ्लोरमा जाने तयारी विकाशको छ । उनले चलचित्रमा सलोन बस्नेत, बाल–कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा पक्का भैसकेको बताएका छन् । उनी थप्छन्, चलचित्रमा ३ नायिका र एक नायक हुने छन् जसमा एक नयाँ अनुहार भित्रिने छ । नायक पनि नयाँ अनुहार नै राख्ने तयारी उनको छ । चलचित्र ‘नाई नभन्नु ल’ सिरिज निकै सफल मानिन्छ । यस अघि  विकासले ‘नाई नभन्नु ल ५’ बनाएपछि ‘हजार जुनी सम्म’ नाममा चलचित्र बनाएका थिए जसलाई दर्शकको साथ मिलेन ।