हास्य कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीको जोडिले चलचित्र निर्माण गरेको चलचित्र 'सेन्टी भाइरस' यही फागुन ९ गते देखि प्रदर्शनमा आउँदै छ । केही समय अघि 'फनफनी' बोलको गीत सार्वजनिक गरिएको चलचित्रको यति बेला प्रचारप्रसार कार्य अघि बढिरहेको छ । यसैबिच उपत्यका ट्याक्सी व्यवसाय सङ्घले चलचित्रको प्रचार प्रसारमा सहयोग पुर्‍याउने उद्देश्यले उपत्यकाका हरेक ट्याक्सीमा पोस्टर टाँसिएको छ । सोमबार बिहान एक कार्यक्रमबिच धुर्मुस अर्थात् सिताराम कट्टेलले ट्याक्सीमा पोस्टर टाँसेर कार्यक्रमको सुरुवात गरेका थिए । यस अभियानमा सहभागी एक ट्याक्सी चालकले धुर्मुस सुन्तलीको चलचित्रलाई सहयोग गर्न पाउँदा खुसी भएको बताए । उनी आफैले चलचित्रको टिमलाई कार्यक्रम स्थल पुर्‍याएका थिए । उनले राम्रो मान्छेले राम्रो उद्देश्यले गरेको काम हेरेर साथ दिन दर्शकलाई आग्रह गरे । कार्यक्रममा बोल्दै धुर्मुस (सिताराम)ले 'यो विशेष गरी गौतम बुद्ध क्रिकेट रङ्गशालाको लागि बनाइएको फिल्म हो । आजबाट एकदमै राम्रो कामको सुरुवात भएको महसुस गरेको छु । म विगत ६ वर्ष देखि कलाकारिता र सामाजिक अभियानमा लागि रहेको छु । उपत्यका ट्याक्सी सङ्घको पनि आफ्नै समस्या होला । तर, हामीले उहाँहरूको सहयोग पाउँदा आभार छौँ' भने ।

'यो फिल्म विशेष गरी गौतम बुद्ध क्रिकेट रङ्गशालाको लागि बनाइएको फिल्म हो । आजबाट एकदमै राम्रो कामको सुरुवात भएको महसुस गरेको छु । म विगत ६ वर्ष देखि कलाकारिता र सामाजिक अभियानमा लागि रहेको छु । उपत्यका ट्याक्सी सङ्घको पनि आफ्नै समस्या होला । तर, हामीले उहाँहरूको सहयोग पाउँदा आभारी छौँ ।' रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र मा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहेको छ । सुबिहानी फिल्मस प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी रहनेछ भने फुर्पा लामा सह-निर्मातामा रहेका छन् । ‘सेन्टी भाइरस’मा राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।