सोमवार प्रहरीको सम्पर्कमा आएकी गायिका आस्था राउतलाई जिल्ला अदालत काठमाडौँले चार दिन म्याद थप गरेको थियो । अनुसन्धानका लागी प्रहरीलाई चार दिन म्याद थप गरिएपछि उनी अब चार दिन प्रहरी हिरासतमै बस्नुपर्ने भनिएको थियो । तर राउतलाई धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आदेश दिएको छ । मंगलबार भएको थुनछेक बहसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चार हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिए । त्यसपछि सो आदेशअनुसार धरौटी बुझाएर आस्था रिहा भएकी हुन् । चौतर्फी विरोध र दबाबपछि दोस्रो दिनमै अभियोग पत्र दायर गर्यो । उनलाई प्रहरीले जिल्ला अदालतमा सोमबार नै अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको थियो । त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो । आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई हिजो नियन्त्रणमा लिएको थियो ।