गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोगार्थ ग्वस्वारा हुलाक कार्यालयले सहयोग हस्तान्तरण गरेको छ । हुलाकका कर्मचारीले केही दिनको खाजा खर्च कटाएर सङ्कलन गरेको रकम बुधवार ‘धुर्मुस सुन्तली फाउन्डेसन’का अध्यक्ष तथा कलाकार सिताराम कट्टेललाई हस्तान्तरण गरियो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै सितारामले यसरी सहयोग जुट्दा आफूलाई थप जिम्मेवारी बोध हुने बताए ।
साथमा स्कुल जाने बालबालिका देखी ८० कटेका वृद्धहरूले आफ्नो खाजा खाने पैसा र वृद्ध भत्ता समेत लिएर सहयोग गर्ने प्रति आफू आभारी रहेको बताए । देशको गौरवको आयोजनालाई जन स्तरबाट मिलेको सहयोग र यस्तै अरू सहयोगले एउटा सपनाले मूर्त रूप लिने बताए । उनले सहयोगी मनहरूलाई सधैँ स्वागत गर्ने बताए । यति बेला रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।