चलचित्र 'सायद २' आजबाट प्रर्दशनमा आएको छ । अपेक्षा अनुरुप नै चलचित्रले उत्साहजनक सुरुवात गरेको छ । चलचित्र उपत्यका र उपत्यका बाहिर गरेर ७० भन्दा बढी हलमा प्रर्दशन भईरहेको छ । चलचित्र हेरेर हल बाहिर निस्किए पछि सम्पूर्ण दर्शकको मुखमा एउटै डाईलग थियो 'मायाको छोरा' । यसैबाट पनि चलचित्र टिम सफल भएको मान्न सकिन्छ । दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेका पनि भोलि शनिबार र अन्य दिनमा दर्शकको उपस्थिति थप हुनेमा निर्माता सुनिल रावल ढुक्क छन् ।

पुष्पराज न्यौपानेको लेखन तथा निर्देशन रहेको चलचित्रमा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनिल रावल लगायतका कलाकारको अभिनय रहेको छ ।