गायक सुगम पोखरेलको सातौँ गीति सङ्ग्रह (श्वेत हंसिनी ) मा समावेश शीर्ष गीत सरस्वती वन्दना सार्वजनिक गरिएको छ । सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा शब्द तथा सङ्गीत गायक सुगम कै रहेको छ । भने सङ्गीत संयोजन शैलेन्द्र बाबु प्रधानले गरेका छन् । पछिल्लो समय आफ्नो गीत सङ्गीतमा फरक फरक पन दिइरहेका सुगमको यस गीत पनि फरक रहेको छ । पहिलो पटक यस प्रकारको फरक गीत ल्याएका सुगमले आफ्ना पुराना गीत झैँ यसलाई पनि मन पराउनेमा आफू आशावादी रहेको बताएका छन् । सार्वजनिक वन्दनाको भिडियोलाई साइमन राईसँग मिलेर सुगम आफैले निर्देशन गरेका हुन् । भिडियोलाई साइमन राई तथा दिनेश थापाले खिचेका हुन् भने सम्पादन इन्टेन्स एल्ड का सुप्रिम पराजुलीले गरेका हुन् । उक्त सरस्वती वन्दनालाई सुगमले आफ्नै युट्युब च्यानल मार्फत मार्फत सार्वजनिक गरेका हुन् ।