चलचित्र 'म​न प​रेसी' को शुभ मुर्हत गरिएको छ । बिहीबार बिहान भद्रकाली मन्दिर परी सरमा चलचित्रको मुर्हत गरियो । चलचित्रको मुर्हतमा चलचित्रमा नायिका पूजा शर्मा र आकाश श्रेष्ठ उपस्थित भएका थिए । एक पछि अर्को चलचित्रमा देखिइरहेका पूजा आकाशको जोडी यस चलचित्रमा पनि रोमान्स गर्दै छन् । एक्सन लभ स्टोरी जनरामा निर्माण हुने चलचित्रमा पूजा आकाशका साथमा कालु राणा रबिन्द्र झा बुद्धि तामाङको पनि अभिनय रहने छ । चलचित्रलाई हरी लामाले खिच्नेछन् । छिट्टै नै फ्लोरमा जाने बताइएको चलचित्रलाई रुपेश थिङ तामाङले निर्देशन गर्दै छन् । चलचित्रका निर्माता दिनेश शाही र चक्र पाख्रीन तामाङ हुन् ।  

'मन परेसि'मा पूजा र आकाशको प्रेम र बदला? 'मन परेसि'मा पूजा र आकाशको प्रेम र बदला?