नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति पक्का भएको छ । उनीहरू यही फागुन १७ गते वैवाहिक जीवनमा बाँधिँदै छन् । विवाहको लागी टिका टाला गरेको पनि दुई वर्ष पछि उनीहरू को विवाहको मिति तोकिएको हो । केही दिन अघि विवाह हुने निश्चित भएपछि प्रियंका ब्याचलर पार्टी थाइल्यान्ड पुगेकी थिइन् ।
एक पछि अर्को गर्दै तोकिएको विवाह मिति सार्दै आएका उनीहरू केही दिन यता विवाहको मुडमा देखिएका छन् । आयुष्मान र प्रियंकाले आफ्नो र परिवारको ग्रह कमजोर भएको कारण उचित लगन जुराएर मात्र विवाह गर्ने योजना बनाएका थिए । उनीहरूलाई ज्योतिषीले नै यो कुरा सुझाएका थिए । अब भने सबै कुराको पार लगाउँदै पछिल्लो समयका चर्चित यो जोडी लगन गाँठो कस्दै छन् ।