यो शुक्रवार हलमा चलचित्र 'दि कर्मा' प्रदर्शनमा आएको छ । लामो समय देखी सुस्ताएको नेपाली चलचित्रको बजारमा केही आशा बोकेर परमिता र भारतीय कलाकार करण वर्माको चलचित्र प्रदर्शनमा आएको हो । चलचित्रले एकल प्रदर्शनको अवसर पाएको छ । भने नेपाली बक्स अफिसलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । एक्सन लभ स्टोरी जनरामा निर्माण भएको चलचित्रलाई  देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । यसमा कारण र परमिताका अलावा नीता ढुङ्गाना, बुद्दी तामाङ मुख्य भूमिकामा छन् । चलचित्रमा नायिका राणाले बोल्ड तथा नेगेटिभ भूमिका निभाएकी छिन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा'को कथा निर्माता जय राज राय आफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रूपमा छन् । चलचित्रलाई रामेश्वर कार्कीले छायाङ्कन गरेका छन् ।