पछिल्लो समय एक पछि अर्को गर्दै नेपाली अभिनेत्रीहरूले विवाह गर्दै छन् । भर्खर अभिनेत्री प्रियंका कार्कीको विवाह मिति तोकियो । यसै बिच अभिनेत्री आँचल शर्माको पनि विवाह हुने पक्का भएको छ । केही समय यता प्रेममा रहेकी उनी प्रेमी उदिप श्रेष्ठसँग वैवाहिक जीवनमा बाँधिँदै छिन् । उनको यही फागुनको अन्तिम अर्थात् २५ देखी २७ को बिचमा विवाह हुने बुझिएको छ । उनले शुक्रवार आफ्नो परिवारसँग हुनेवाला दुलही भन्दै केक काटेकी छिन् । केही समय यता आँचल र उदिपको प्रेमको बारेमा चर्चा चलिरहेको थियो । तर यस विषयलाई उनले खुलेर स्वीकार गरेकी थिइनन् ।