चलचित्र ‘मन्त्र’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । सौगात मल्ल स्टारर चलचित्रलाई खिल बहादुर गुरुङले निर्देशन गरेका हुन् । लभ स्टोरी जनरामा निर्माण भएको चलचित्रको सार्वजनिक पोस्टरमा कुनै पनि कलाकारलाई स्थान दिइएको छैन । निर्माण पक्षका अनुसार चलचित्रले हिमाली भेगको प्रेम कथा बोकेको छ । चलचित्रमा सौगात मल्ल,बुद्धि तामाङ,दिया पुन,नमिता घिसिङ,बिर बहादुर लामाको मुख्य भूमिका रहेको छ । पोस्टर सार्वजनिक गरिए पनि चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन । मुभी र्‍याकको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता मनोज राजभण्डारी हुन् भने देवेन्द्र मानन्धर कार्यकारी निर्माता हुन् । रविराज कार्की,सुरेश कार्की बिर बहादुर लामा र शुभ श्रेष्ठ सह निर्मातामा रहेको चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको सङ्गीत रहेको छ । सञ्जय लामाले छायाङ्कन गरेको चलचित्रलाई मित्र डी. गुरुङले सम्पादन गरेका हुन् ।