गायक राजेश पायल राइको स्वर गीत 'हिजो सम्म' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द रचना मन्जुला राजकर्निकरको रहेको छ भने सङ्गीत बसन्त सापकोटाको रहेको छ । गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् । इन्टरनेटमा सार्वजनिक गीतको भिडियोमा लोकप्रिय मोडल तथा गायक दुर्गेश थापा र बहुचर्चित नायिका आँचल शर्माको अभिनय रहेको छ । भिडियोमा आँचल र दुर्गेसको जोडी निकै सुहाएको छ । गीत निकै रमाइलो र इङेजिङ रहेको छ । भिडियोको निर्देशन गम्भीर विस्टले गरेका हुन् भने भिडियोको कोरियोग्राफी सुबोल थापाले गरेका हुन् । भिडियोको सम्पादन नविन निरौलाले गरेका हुन् भने भिडियोलाई कामना डिजिटल प्रा.ली. ले सार्वजनिक गरेको हो ।