गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोगार्थ श्रीमद भागवत महा पुराण सुरु भएको छ । आज (माघ १९) देखि २६ गतेसम्म प्रवीण पं . दीनबन्धु पोखरेलले श्रीमद भागवत महा पुराण वाचन गर्ने छन् । साथमा यो अनुष्ठान आध्यात्मिक धनधान्यचल महोत्सवको रूपमा आयोजना गरिँदै छ ।

रङ्गशाला निर्माण सहयोगको लागी महापुराण सुरु रङ्गशाला निर्माण सहयोगको लागी महापुराण सुरु रङ्गशाला निर्माण सहयोगको लागी महापुराण सुरु

महापुराणको सुरु भएको र भक्त जनको सहभागिता उल्लासमय रहेको धुर्मुस सुन्तली फाउन्डेसनकी कुन्जना घिमिरे (सुन्तली)ले जानकारी दिएकी छिन् । धर्म, जात, भाषा, सम्प्रदाय र क्षेत्रीय भावनाभन्दा माथि उठेर एउटा देशको गौरव आयोजनामा सहयोग गर्ने उद्देश्यले यस धार्मिक महोत्सवको आयोजना गरिएको आयोजकले बताएको छ ।

रङ्गशाला निर्माण सहयोगको लागी महापुराण सुरु रङ्गशाला निर्माण सहयोगको लागी महापुराण सुरु

धनधान्य चलको माध्यमबाट एकमुष्ट सहयोग सङ्कलन गरी निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सम्पन्न गर्न हातेमालोका लागि आयोजकले अपिल गरेको छ ।