चलचित्र ‘लभ डायरिज’को नयाँ गीत सार्वजनिक भएको छ । 'अधुरो लाग्छ जीवन मेरो' बोलको बोलको गीत आइतबार इन्टरनेटमा रिलिज गरिएको हो । सार्वजनिक गीतमा प्रताप दास र प्रबिशा अधिकारीको स्वर रहेको छ भने गीत मानस विक्रम थापाले लेखेका हुन् । गीतमा प्रविन पौडेलको सङ्गीत रहेको छ । सौरभ चौधरी निर्देशित चलचित्रको गीतमा चलचित्रका मुख्य कलाकार सुशील श्रेष्ठ,रुबिना थापा र विश्व जितलाई स्थान दिइएको छ । गीत निकै सुमधुर र मन छुने खालको छ । गीतले सुशील, रुबिना र विश्व जितबिचको प्रेम मनको पिडा देखाइएको छ । चलचित्रमा सुशील रुबिना र विश्व जितको अलावा रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । सौरभ चौधरीको निर्देशन रहेको चलचित्रमा शाहील खान सह-निर्देशकको रूपमा रहेका छन् । विनोद सापकोटा निर्माताको रूपमा रहेको चलचित्रमा सरोज तुलाधर सह-निर्माताको रूपमा रहेका छन् । चलचित्र फागुन २ गते रिलिज हुँदै छ ।