नायिका श्वेता खड्काले कलङ्कीमा अवस्थित मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको चौथो  शाखाको उद्घाटन गरेकी छिन् । गीता गिरीले सञ्चालनमा ल्याएको यस पार्लरको चौथो शाखामा नायिका श्वेताले रिबन र केक काटेर शुभारम्भ गरेकी हुन् । यो कलङ्कीमा अवस्थित छ । विगत दुई दशक भन्दा बेसी समय देखि सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरिले चौथो शाखा विस्तार गरेकी हुन् । कलङ्की शाखाको उद्घाटन गर्दै अभिनेत्री श्वेताले व्यूटी सेलिब्रेटी मात्र हुनुपर्छ भन्ने नभएको बताइन् । उनले भनिन्, ‘सेलिब्रेटी मात्र राम्रो हुनुपर्छ भन्ने छैन ।

सबै महिला आत्मनिर्भर हुनुपर्नेमा स्वेताको जोड

हामी सबै राम्रो हुनुपर्छ । सबैले मेन्टेन गर्नुपर्छ । मेरो विचारमा चाहिँ सबै महिलाहरू आत्मनिर्भर हुनुपर्छ ।’ मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले अल नेपाल ब्युटिसियन सेमिनार तथा ट्रेनिङहरू समेत गर्दै आएको जानकारी मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष गीता गिरिले गराएकी छिन । अभिनेत्री श्वेता पछिल्लो समय चलचित्रमा भन्दा पनि आफ्नै व्यवसाय र सामाजिक काममा सक्रिय छिन् ।