आफ्नो मन पर्ने कलाकारलाई भेट्न पाउँदा सबैलाई खुसी लाग्छ नै । यसमा पनि नेपाल मा नायक अनमोल केसीका फ्यान फलोअर्स निकै रहेका छन् । आफ्ना धेरै फ्यान फलोअर्ससँग साक्षात्कार गर्दै नायक अनमोल केसी 'मिनिसो' ब्रान्डका स्टोर्सहरु पुगेका थिए । उनले मिनिसोका विभिन्न स्टोरमा पुगेर आफ्ना फ्यानहरू सँग अन्तरक्रिया गरेका छन् । अनमोललाई भेट्न सयौँ युवा युवती उपस्थित भएका थिए भने उनीहरू अनमोललाई भेट्न निकै आतुर देखिन्थे । कतिले त उनको लागि गिफ्ट समेत बोकेर आएका थिए । सयौँमा अनमोलको नजिक पुग्ने अवसर पाएका फ्यानहरू उनलाई अङ्गालो हालेर रोएका समेत थिए । जुन माहौल अनमोल लाई सम्हाल्न निकै गाह्रो परेको जस्तो देखिन्थ्यो ।

आफूलाई दर्शकले दिएको माया देखेर उनले आफू करिब एक वर्ष चलचित्रमा नदेखिँदा पनि दर्शकले आफूलाई दिएको माया देखेर निकै खुसी भएको बताए । आफूले पाएको यो मायालाई सधैँ मनमा राख्ने पनि उनले सुनाए । अन्तर्क्रिया कार्यक्रममा अनमोलले केही फ्यानलाई उपहार पनि दिए ।