यति बेला बलिउड अभिनेत्री प्रियंका चोपडा विवादमा परेकी छिन् । उनी ‘६२ औँ ग्रामी अवार्ड’मा लगाएको पहिरनको कारण विवादमा परेकी हुन् । उनले अवार्डको रेड कार्पेटमा राल्फ एण्ड लारेनको सिल्भर गाउन लगाएकी थिइन् जसमा उनलाई निकै ग्ल्यामरस र बोल्ड देखिएको थियो । उनको पहिरनलाई लिएर ट्रोल बनिरहेका छन् भने उनको आलोचना उत्तिकै भइरहेको छ । यसै विषयमा उनकी आमा मधु चोपडाले बोलेकी छिन् । उनले यो कुराले प्रियंका अझ बलियो भएको र आफू यसमा निकै खुसी भएको बताएकी छिन् । साथै उनले 'प्रियंका आफ्नो सर्त अनुसार जिन्दगी जिउँछिन् । उनले, बोल्ड पहिरन लगाउँदा कसैलाई हानी त भएको छैन नि ।' भनेकी छिन् । उनले ‘प्रियंकासँग निकै नै आकर्षक शरीर छ । उनको शरीर हो, जे मन लाग्छ गर्छिन् यसबारे अरूलाई त्यति धेरै चासो हुनु पर्ने आवश्यक नभएको उनको तर्क छ । साथै उनले कम्प्युटरमा बसेर ट्रोल बनाउने को जीवनमा खुसी नभएको भनी व्यङ्ग्य गरेकी छिन् । जस्तो पहिरन लगाए पनि त्यसलाई सम्हाल्नु ठुलो कुरा भएको जुन प्रियंकाले निकै सजकताका साथ गरेको उनले थपेकी छिन् ।