बलिउड अभिनेता ऋषि कपुर बिरामी परेका छन् । केही समयअघि अमेरिकाबाट क्यान्सरको उपचार गरी फर्किएका उनी आइतबार एक्कासि बिरामी परेका हुन् । उनलाई दिल्लीस्थित एक अस्पतालमा भर्ना गरी उपचार गरिरहेको भारतीय मिडियाले जनाएका छन् । उनलाई इन्फेक्सन भएपछि तुरुन्तै अस्पताल पुर्याइएको हो । उनको स्वास्थ्यमा दिल्लीको वायु प्रदूषणले असर गरेको भनिएको छ । यति बेला अस्पतालमा ॠषीसँग पत्नी नितू सिंह, छोरा रणवीर कपुर र आलिया भट्ट रहेका छन् ।