जनवरी १० बाट प्रदर्शनमा आएको बलिउड चलचित्र 'तान्हाजी' यति बेला निकै चर्चामा छ । अभिनेता अजय देवगन अहिले आफ्नो १०० औँ चलचित्रले बक्स अफिसमा २५० करोडको आँकडा पार गरिसकेको छ । रिलिजको चौथो हप्तामा पनि चलचित्रले दर्शकको साथ निकै उत्साहजनक रूपमा पाइरहेको छ । चलचित्रले मुम्बई एरियामा मात्र ११८ करोडको व्यापार गरेर नयाँ रेकर्ड पनि राखेको छ । मुम्बई सर्किटमा ‘टाइगर जिन्दा हे’ले बनाएको रेकर्ड तोड्न सफल भएको हो । ‘टाइगर जिन्दा हे’ले १०९ करोडको नेट कलेक्सन मुम्बईबाट मात्र गरेको थियो । अब, यो रेकर्डलाई तोड्दै मुम्बईबाट मात्र सर्वाधिक धेरै कमाई गर्ने चलचित्रमा 'तान्हाजी'को नाम आएको छ । साथै यस चलचित्र चौथो हप्तामा सर्वाधिक कलेक्सन गर्ने तेस्रो ठुलो चलचित्र बनेको छ । यसले ६ दिनमा नै १ सय करोड कमाई गर्न सफल भएको थियो । 'तान्हाजी'मा अजयका साथमा काजोल र सेफ अलि खानको पनि मुख्य भूमिका रहेको छ ।