बलिउड चलचित्र 'बागी ३' को पोस्टर सार्वजनिक भएको छ । एक्सन स्टार टाइगर श्रफ स्टारर चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेता टाइगर फिचर्ड छन् । पोस्टरमा उनको अनुहार भने देखाइएको छैन । उनी कुनै युद्ध ग्रस्त क्षेत्रमा भएको अनुमान लगाउन सकिन्छ । उनी हातमा राइफल बोकेर उभिएका छन् । हमद खानले निर्देशन गरेको चलचित्रलाई साजीद नाडियडवालाले निर्माण गरेका हुन् । यसमा टाइगर श्रफ, श्रद्धा कपूर, रितेश देशमुख, ज्याक्की श्रफलगायतको मुख्य भूमिका रहने छ । चलचित्रको अघिल्ला २ सिरिजलाई दर्शकले निकै मन पराएका थिए । 'बागी ३' मार्च ६, २०२० मा रिलिज हुनेछ ।