बलिउड चलचित्र 'भूत: द हन्टेड शीप' को अफिसियल ट्रेलर' को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता विक्की कौशल र  भुमी पेडनेकरको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर आइतबार सार्वजनिक गरिएको हो । फेब्रुअरी २१ मा रिलिज हुने तयारीमा रहेको चलचित्रलाई भानु प्रताप सिंहले निर्देशन गरेका छन् । सार्वजनिक ट्रेलरमा अभिनेता विक्की लाई भूतले पिछा गरेको देख्न सकिन्छ । एउटा हन्टेड शीपको वास्तविकता थाहा पाउन विक्की लागिपरेको र यसै क्रममा उनी भूतको कब्जामा परेको अनुमान गर्न सकिन्छ । 'भूत'लाई हिरो यश जोहर, करण जोहर, अपूर्व मेहता र शशाङ्क खेतानले निर्माण गरेका हुन् ।