गायक प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ । 'जब जब तिम्रो साथ' बोलको गीत सोमवार सार्वजनिक भएको हो । गीतमा रवि खनालको शब्द रहेको छ भने दीपक शर्माको सङ्गीत रहेको छ । गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा भिजु पार्की र एलिसा शर्मा फिचर्ड छन् । गीत भिजु पार्कीको कोरियोग्राफी र सुव्रतराज आचार्यको निर्देशन रहेको छ । रोमान्टिक फ्लेवरको गीतको भिडियोमा भिजु र एलिसाको प्रस्तुति दमदार छ । नवराज उप्रेतीले छायाङ्कन गरेको म्युजिक भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।