नायिका करिश्मा मानन्धरको आज जन्मदिन परेको छ । १९७२ फेब्रुअरी ४ तारिखका दिन जन्मिएकी उनी आज आफ्नो ४८ औँ जन्मदिन मनाउँदै छिन् । सदाबहार नायिकाको रूपमा दर्शकको मनमा बस्न सफल करिश्माले २०४२ सालमा निर्माण भएको चलचित्र ‘सन्तान’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । १६ वर्षको उमेरमा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनी आज पनि उत्तिकै सक्रिय र व्यस्त छिन् । उनी अभिनीत दर्जनौँ चलचित्रले बक्स अफिसमा तहल्का मच्चाएका छन् । आफ्नो करियरको उचाइमा पुगेकी उनी केही वर्ष विदेश पलायन भइन । तर फेरी नेपाल फर्किएकी उनी उत्तिकै सक्रिय भइन् । केही समय राजनीतिमा पनि हात हालेकी उनी यति बेला आफ्नो अध्ययन र चलचित्र निर्माणमा लागी परेकी छिन् । आज पनि नेपाली फिल्म इन्डस्ट्रीमा उनको क्रेज कत्ती पनि घटेको छैन । सदाबहार नायिका करिश्मालाई जन्मदिनको शुभकामना